रवि लामिछानेको बयान सकियो, म्याद थपबारे निर्णय केही बेरमा आउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ४ गते
रवि लामिछानेको बयान सकियो, म्याद थपबारे निर्णय केही बेरमा आउने
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको बयान सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएको हो । गत शुक्रवार काठमाडौंवाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उभ्याईएको हो ।

बयान सकिएकाले केही बेरमा उनलाई थुनामा राख्ने कि नराख्नेलगायत म्याद थपबारे आदेश आउने जनाईएको छ ।

प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद मागेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स