यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ७ गते
यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले ४.२१ प्रतिशत  लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार (मंसिर ६ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२११ नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण हुनेछ । त्यस्तै, कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स