यती एअरलाइन्सले प्राप्त गर्यो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड

यती एअरलाइन्सले प्राप्त गर्यो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड
Advertisement Ads

यती एअरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को मानक सुरक्षा कार्यक्रमको मापदण्ड (आईएसएसए) हासिल गरेको छ ।

उड्डयनको क्षेत्रमा उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई आईएसएसएको यो प्रमाण–पत्र प्रदान गरिन्छ ।

सोहि अवसरमा यती एअरलाइन्सका सीईओ सुभाष सापकोटा भन्छन्, ‘आईएसएसएको प्रमाण–पत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौं । हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धी हो । यस उपलब्धीले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ, साथै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

आईएसएसए कार्यक्रमले प्रमाण–पत्र प्रदान गर्नुपूर्व एअरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्छ । विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एअरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो ।

यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्नु यती एअरलाइन्सको मिसन रहेको छ र यसमा यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एअरलाइन्सले जनाएको छ ।

आईएटीएद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाण–पत्र यती एअरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो ।

यती एअरलाइन्स सन् २०१६ देखि नै आईएसएसए अपरेटरको रुपमा दर्ता हुँदै आइरहेको छ ।

1723624440 Yati Airlines https://bajarkochirfar.com/%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%8f%e0%a4%85%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स