सेप्टेम्बरदेखि पोखराबाट चीन हुँदै अष्ट्रेलिया नियमित उडान सुरु हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १२ गते
सेप्टेम्बरदेखि पोखराबाट चीन हुँदै अष्ट्रेलिया नियमित उडान सुरु हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया जाने तयारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका अनुसार अनौपचारिक छलफल भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी अनुमति दिने तयारी भइरहेको छ। आगामी सेप्टेम्बरदेखि नियमित उडान सुरु गर्ने योजना रहेको सिचुवान एयरलाइन्सले यसअघि पोखराबाट चार्टर्ड उडान पनि गरेको थियो।

यसैबीच भूटान एयरलाइन्सले पनि पारो इन्टरनेसनल एयरपोर्टका लागि पोखराबाट दुई–तीन वटा चार्टर्ड उडान गर्ने अनुमति मागेको छ। अनुमति पाए सेप्टेम्बर २८ र अक्टोबरमा उडान सञ्चालन गर्ने योजना छ। प्राधिकरणका अनुसार चार्टर्ड उडान सफल भएमा भविष्यमा पारो–पोखरा–दिल्लीमार्गमा नियमित उडान गर्न सकिनेछ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक नियमित उडान गरिरहेको छ। सिचुवान र भूटान एयरलाइन्सले उडान सुरु गरेपछि विमानस्थल थप व्यस्त हुने र यात्रुका लागि सहज हुने अपेक्षा गरिएको छ। २२ अर्ब लागतमा बनेको यो विमानस्थलले वार्षिक आठ लाख यात्रु सेवा दिनसक्ने क्षमता राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स