एयरपोर्टमा यात्रुले सास्ती पाए कर्मचारीमाथि सिधै एक्सन हुन्छ: गृहमन्त्री गुरुङ

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २० गते
एयरपोर्टमा यात्रुले सास्ती पाए कर्मचारीमाथि सिधै एक्सन हुन्छ: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई कुनै प्रकारको दुःख नदिइ सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बिहिबार साँझ विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुगेका उनले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताए ।

गृहमन्त्री गुरुङले आगामी दिनमा गुनासो नआउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स