आजदेखि पोखरा–छेन्दु नियमित उडान हुने, भाडादर कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ५ गते
आजदेखि पोखरा–छेन्दु नियमित उडान हुने, भाडादर कति ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुआन प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान आज (मङ्गलबार)देखि सुरु हुने भएको छ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि, सिचुआन एयरलायन्सले छेन्दुबाट पोखरामा १२६ यात्रु लिएर पहिलो व्यावसायिक चार्टर उडान गरिरहेको हो।

सिचुआन एयरलायन्सले तीनवटा चाटर्ड उडान सुनिश्चित गरेको छ र यसका पछि नियमित उडानको योजना बनाइने छ। चाटर्ड उडानको भाडादर रु. ६२,००० तय गरिएको छ। सिचुआन एयरलायन्सको यो पहल पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा, नेपाल र चीनका विभिन्न संस्थाहरूको सहकार्यमा, यो उडान पर्यटन, सांस्कृतिक आदान-प्रदान, र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले शुरु गरिएको हो। नेपाली प्रतिनिधिमण्डल १२६ सदस्यीय टोलीसँग ‘पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि चीनका विभिन्न शहरहरूमा जानेछ र विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग व्यावसायिक बैठकमा सहभागी हुनेछ।

यस उडानको सुरुआतसँगै पोखरामा तीन महिनासम्म करिब १,२५० चिनियाँ पर्यटक सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अपेक्षा गरिएको छ।

नेपाल पर्यटन बोर्ड र चिनियाँ महावाणिज्य दूतावासको सहकार्यमा आगामी दिनहरूमा नेपाल इभिङ र सेल्स मिसन कार्यक्रमहरूको आयोजना हुने छ, जसले पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स