पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २ वर्षपछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान भएको हो । ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज पोखरामा अवतरण गरेसँगै हिमालय एयरलाइन्स यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने पहिलो वायुसेवा कम्पनी हो।
उक्त जहाजमार्फत १०७ यात्रु पोखरा आएका छन्, जसमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक छन्। हिमालय एयरलाइन्सले पोखरा–ल्हासा रुटमा सातामा एक दिन मंगलबार उडान मात्र हुनेछ भने यात्रु संख्यामा वृद्धि भएसँगै उडान संख्या थप्ने तयारी गरेको छ। यसअघि, यसअघि सिचुआन एयरलाइन्सले पोखराबाट सिचुआन प्रान्तको छन्तु शहरमा नियमित चार्टर उडान थालेको थियोे ।
















प्रतिकृया