दुबई, दमाम र दोहा जाने यात्रुहरू ४ घण्टा अघि एयरपोर्ट पुग्नुपर्ने हिमालय एयरलाइन्सको अनुरोध

दुबई, दमाम र दोहा जाने यात्रुहरू ४ घण्टा अघि एयरपोर्ट पुग्नुपर्ने हिमालय एयरलाइन्सको अनुरोध

हिमालय एअरलाइन्सले काठमाडौंबाट दुबई, दमाम, वा दोहा जाने यात्रुहरूलाई उडानभन्दा कम्तिमा ४ घण्टा अगाडि विमानस्थलमा पुग्न अनुरोध गरेको छ। कम्पनीले बुधबार एक सूचना जारी गर्दै यसरी समयभन्दा पहिला विमानस्थल पुग्नको कारण आवश्यक विमानस्थल औपचारिकताहरू पूरा गर्नु रहेको जानकारी दिएको छ।

सूचनामा उल्लेख गरिएको छ, “काठमाडौंबाट दुबई उडान गर्ने सबै यात्रु महानुभावहरूलाई उडान अघि सबै आवश्यक विमानस्थल औपचारिकताहरू पूरा गर्न निर्धारित प्रस्थान समयभन्दा कम्तिमा ४ घण्टा अगावै विमानस्थलमा पुग्न सूचित गरिन्छ।” नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले विशेषगरी काठमाडौंबाट दुबई, दमाम र दोहा जाने यात्रुहरूलाई यस्तो आग्रह गरेको हो।

Screenshot 4 4 2025 17351 www.facebook.com https://bajarkochirfar.com/himalaya-airlines-requests-that-passengers-traveling-from-kathmandu-to-dubai-dammam-and-doha-should-reach-the-airport-4-hours-in-advance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स