सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्। आज मंगलबार मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा पथान्तरण गरिनेछ।
खानेपानी मन्त्री प्रदीप यादवको टोलीले मेलम्चीमा संघर्ष समितिसँग वार्ता गरी जायज मागहरू सम्बोधन गर्ने सहमति गरेको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेको मेलम्चीको पानीबाट प्राप्त हुने २५ प्रतिशत रकम हेलम्बु गाउँपालिकाको विकासका लागि दिने विषयमा छलफल गरी तीन महिनाभित्र टुंग्याउने र जलाधार विकास परियोजना गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने सहमति भएको छ।
बाढी पीडितहरूको घर पुनर्निर्माणका लागि २० लाख रुपैयाँ उपलब्ध गराउने विशेष पहल गर्ने र अन्य विकास योजनाहरू पनि प्राथमिकताका आधारमा अगाडि बढाइनेछ।



















प्रतिकृया