मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर संरचना परिवर्तित भएको छ। कम्पनीले संस्थापकको स्वामित्व ५९.४ प्रतिशत र सर्वसाधारणहरुको स्वामित्व ४०.६५ प्रतिशत कायम गरेको हो ।
यसअघि कम्पनीमा संस्थापक समूहतर्फ ६९.४ प्रतिशत र सर्वसाधारण समुहतर्फ ३०.६ प्रतिशत हिस्सा रहेको थियो। कम्पनीले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख भएको हो ।
परिवर्तित शेयर संरचना अनुसार कुल सेयरसंख्या १ करोड ३२ लाख कित्तामध्ये संस्थापक तर्फ ७८ लाख ४० हजार ८०० र सर्वसाधारणतर्फ ५३ लाख ५९ हजार २०० कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।
#BajarkoChirfar







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया