मन्जुश्री फाइनान्सले आफ्नो ग्राहकको सुविधाका लागि मन्जुश्री तलब बचत खाता सञ्चालनमा ल्याएको छ।
विशेषत कर्मचारीहरुको सुविधाका लागि ल्याइएको यो खातामा १० लाख सम्मको दुर्घटना बीमाको साथै १ लाख सम्मको घातक रोगको लागि समेत बीमाको सुविधा उपलब्ध गराएको छ ।
खाता संचालन भएदेखि ५ वर्ष सम्म निशुल्क mobile banking तथा ATM को सुबिधा समेत रहेको एस तलब बचत खातामा फाइनान्सले उच्चतम ब्याजदर दिने छ । फाइनान्सले यस तलब बचत खाता अन्तरगत सुलभ ब्याजदरमा अधिकतम रु. १५ लाखसम्मको कर्जा बिना धितो मै आफ्ना ग्राहकलाइ दिने सुबिधा उपलब्ध गराउने छ ।
आफ्नो २७ शाखाहरु द्वारा सेवा पुर्याइरहेको यस फाइनान्सले करिब १ लाख १० हजार ग्राहकलाइ सेवा पुर्याउदै आएको छ । मन्जुश्री फाइनान्सले जेठ मसान्तसम्म १७ अर्ब ८३ करोड निक्षेप संकलन, र १५ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । मन्जुश्री फाइनान्सले पछिल्लो त्रैमासमा रु १५ करोड नाफा कमाउन सफल रहेको छ ।



















प्रतिकृया