नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ आज बिहिबार सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीहरू तथा संस्थापक सेयरधनीहरूका लागि वितरण गरेको कुल १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो।
नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम मूल्य रु. ९०.०४ देखि रु. २७०.१२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। अब कम्पनीको उक्त सेयर कारोबार देखि सुरु हुने भएको छ।
कम्पनीको सेयर (BJHL) सिम्बलबाट कारोबार हुने छ। अब यी सेयरहरु चैत्र ८ गते आइतबारदेखि कारोबार गर्न सकिनेछ ।



प्रतिकृया