भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते नेपाल भ्रमणका लागि आउने भएका छन्। पाँच दिवसीय भ्रमणका क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन्।
यस भ्रमणको अवसरमा जनरल द्विवेदीलाई राष्ट्रपति पौडेलले मङ्सिर ६ गते नेपाली सेनाको मानार्थ महारथी सम्मान प्रदान गर्नेछन्।
भ्रमणका क्रममा जनरल द्विवेदीले वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने, जङ्गी अड्डा निरीक्षण गर्ने, कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तक्रिया गर्ने र पश्चिम पृतनाको भ्रमण गर्नेछन्।
नेपाल र भारत बीच सन् १९५० देखि सेनाका प्रमुखलाई परस्पर मानार्थ महारथी सम्मान दिने परम्परा रहेको छ। यसअघि भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपालका प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ मा भारतीय सेनाको मानार्थ महारथी सम्मान दिएका थिए।
भ्रमणका क्रममा जनरल द्विवेदीले धार्मिक स्थल पुस्पतिनाथ र मुक्तिनाथको दर्शन गर्ने र पोखरा तथा सगरमाथा क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया