भारतको एउटा सत्संगमा भागदौड मच्चिदा १२० जना भन्दा बढी भक्तजनको मृत्यु

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १९ गते
भारतको एउटा सत्संगमा भागदौड मच्चिदा १२० जना भन्दा बढी भक्तजनको मृत्यु

भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२० भक्तजनको मृत्यु भएको छ । भारतीय मिडियाहरुले भागदौडमा १२० जनाभन्दा बढीको मृत्यु भएको र कयौं घाइते भएको उल्लेख गरेका छन् ।

हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको बताइएको छ ।

उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएका छन् ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स