instainsta

भाटभटेनी सुपर मार्केटमा पार्ट टाइम काम गर्ने सुनौलो अवसर

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १६ गते
भाटभटेनी सुपर मार्केटमा पार्ट टाइम काम गर्ने सुनौलो अवसर
AdvertisementAds

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आगामी आर्थिक बर्षका लागि ल्याएको ‘पढ्दै कमाउँदै’ नीतिसँग मिल्नेगरी भाटभटेनी सुपर मार्केटले ‘पार्ट टाइम’ काम गर्न चाहने विद्यार्थीहरुका लागि रोजगारीको घोषणा गरेका छन् ।

भाटभटेनीले दैनिक आठ घण्टा काम गरेका आधारमा पारिश्रमिक दिँदै आएकोमा ‘पार्ट टाइम’ जागिर गर्नेलाई काम गरेको समयका आधारमा पारिश्रमिक निर्धारण गरी हरेक हप्ता भुक्तानी गर्ने निर्णय गरेको छ । भाटभटेनीले यस्तो रोजगारी काठमाडौंसहित अन्य स्थानमा आफ्ना स्टोरहरुमा पनि उपलब्ध गराउने छ ।

जागिरका लागी उच्च माध्यमिक विद्यालय वा कलेजमा अध्ययन गरिरहेका २१ बर्ष भन्दा कम उमेरका युवा युवती हुनुपर्नेछ । उनीहरुले दैनिक चार घण्टा मात्रै काम गर्न पाउनेछन् । पढ्ने समयमा असर नपर्ने गरी विद्यार्थीहरुलाई काम गर्न दिइने भाटभटेनीको दाबी छ ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स