बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कात्तिक १४ गते आफ्नो २७ औं वार्षिक साधारण सभा डाकेको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीले कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ, जसले गर्दा सेयरधनीको हात खाली रहने छ।
सभाको प्रमुख एजेन्डामा मर्जरको प्रस्ताव छ, जहाँ कम्पनीले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने वा प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न पनि प्रस्ताव पेश हुनेछ।
त्यसैगरी, आव २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, र अन्य वित्तीय विवरणमाथि छलफल हुनेछ। दुई जना नयाँ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि सभामा राखिएको छ।
सभामा सहभागिताका लागि कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार कात्तिक १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन पाउने छन्।










![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)


![सुपर पर्फर्मर सेयर ट्रेडर कसरी बन्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/OHH2VNaSv9w-maxresdefault-768x432.jpg)








प्रतिकृया