बुद्ध भूमि हाईड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको छ। जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ ३० गते विहान १० बजे कम्पनीको कार्यालय, पानीपोखरी, काठमाडौंमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव यस अघि गरेकोमा विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि मात्र स्वीकृति दिएको हो ।
नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि आवेदन दिँदा विद्युत नियमन आयोगको पूर्वस्वीकृति अनिवार्य रहेको अवस्थामा कम्पनीलाई आयोगले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । जस अनुसार जेठ २२ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
#BajarkoChirfar






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)


![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)





प्रतिकृया