पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् ।
उनले भनेका छन्- ‘मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला !’















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया