फ्रान्सका फुटबल सुपरस्टार किलीयन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत सेयर किन्ने तयारी गरेका हुन् ।
फ्रेन्च क्लब पिएसजी छोडेर स्पेनिस महारथी रियल म्याड्रिड पुगेका २५ बर्षिय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत सेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ ।
एम्बाप्पे आफ्नो क्यारियरको सुरुवातमा मोनाको क्लबमा हस्ताक्षर गर्नु अघि किशोरावस्थामा केनसँग लगभग आवद्ध भएका थिए ।
केन गत सिजन लिग २ मा छैटौं स्थानमा रहेको थियो । यस क्लबका पुर्व खेलाडीमा एम्बाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी डिफेन्डर विलियम गालास जस्ता खेलाडी रहेका छन् ।
सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियन समेत बनेको छ ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया