instainsta

फर्स्ट माइक्रोफाइनान्सको मुनाफामा ३८ प्रतिशतको गिरावट

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २२ गते
फर्स्ट माइक्रोफाइनान्सको मुनाफामा ३८ प्रतिशतको गिरावट
AdvertisementAds

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३८.६८ प्रतिशतले कम हो, किनकि गत वर्ष यसै अवधिमा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस वर्ष खुद ब्याज आम्दानी २५.१२ प्रतिशतले घटेर ६ करोड ५२ हजार रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यो आम्दानी ८ करोड १ लाख रुपैयाँ थियो।कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३० करोड १९ लाख रुपैयाँ संचित छ।

यस्तै, कम्पनीको वितरणयोग्य नाफा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको एनपीएल भने २.५३ प्रतिशतले बढेर ४.४४ प्रतिशत पुगेको छ। साथै, कम्पनीको प्रतिसेयर आम्दानी १०.०८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३५.३२ रुपैयाँमा कायम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स