फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २७५ रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १३ गते
फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २७५ रुपैयाँ
AdvertisementAds

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनीको स्वामित्वमा रहेको यो सेयरको न्यूनतम मूल्य प्रति कित्ता २७५ रुपैयाँ तोकिएको छ।

सेयर खरिदमा इच्छुक व्यक्ति, कम्पनी तथा संघ-संस्थाले आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सकिने व्यवस्था छ।

इच्छुक आवेदकहरूले मुक्तिनाथ क्यापिटल लिमिटेडको नारायणचौर, नक्साल स्थित कार्यालयमा गोप्य शिलबन्दीमा कति दरमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ। यो आवेदन पेस गर्ने अन्तिम मिति आगामी चैत १२ गतेसम्म रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स