फरवार्ड माइक्रोफाइनान्सले पहिलो त्रैमासमा ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा उल्लेख्य सुधार भएको हो ।अघिल्लो वर्षको यसै अवधिमा ११ करोड ९ लाख रुपैयाँको ऋणात्मक रहेको थियो।
कम्पनीले खुद ब्याज आम्दानी पनि २८ करोड रुपैयाँ पुगेको छ। साथै, अघिल्लो वर्ष १० करोड ५१ लाख रुपैयाँको सञ्चालन घाटा रहेकोमा यो त्रैमासमा ५ करोड ९३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन भएको छ। अघिल्लो असोज मसान्तमा ३० करोड ४९ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर यो असोज मसान्तसम्म ११ करोड ३७ लाख रुपैयाँमा पुगेको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको छ, भने जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। यसैगरी, कम्पनीको वितरणयोग्य नाफा २३ करोड ७५ लाख रुपैयाँ रहेको छ। खराब कर्जा अनुपात ६.२५ प्रतिशतबाट बढेर ७.३८ प्रतिशत पुगेको छ भने प्रतिसेयर आम्दानी १५.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २८९.५८ रुपैयाँ रहेको छ।















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया