प्रभु महालक्ष्मी इन्स्योरेन्सको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २ गते
प्रभु महालक्ष्मी इन्स्योरेन्सको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रभु बैंकको स्वामित्वमा रहेको कम्पनीको २१ लाख ९६ हजार कित्ता,विराट कुमार श्रेष्ठको स्वामित्वमा रहेको १ लाख ४१ हजार ३२५ कित्ता, विनिता उपाध्यायको स्वामित्वमा रहेको १ लाख कित्ता, यादवेन्द्र गौतमको स्वामित्वमा रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजित राज पराजुलीको स्वामित्वमा रहेको ३७ हजार ५ सय कित्ता गरी कुल २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् ।

इच्छुक विद्यमान सेयरधनीहरूले आगामी ३५ दिनभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स