प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २५ गते
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला

प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका संस्थापक समूहको क्रमशः ६१ हजार ७६२ कित्ता र १४ हजार ७१० कित्ता सेयर आज (चैत्र २५) बाट लिलाम बिक्रीमा आएको छ । सेयरमा विद्यमान संस्थापक तथा जो–कोहीे व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरि बिक्रीमा ल्याइएको हो ।

प्रभु बैंकमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयरमा आबेदन दिने अन्तिम मिति वैशाख १६ गतेसम्म रहेको छ | सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स