पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ जारी गर्दै, बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २० गते
पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ जारी गर्दै, बोलायो साधारण सभा

पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ जारी गर्ने प्रस्तावसहित आगामी असोज ९ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको सिनामंगलस्थित एयरपोर्ट होटेलमा बिहान १० बजे सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावका साथै गत वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान लगायतका विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा पनि छलफलमा रहनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स