चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.९८ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा संस्थाले ८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानी २४.५० प्रतिशतले बढेर ४१ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३३ करोड ४२ लाख रुपैयाँ थियो। इम्पेयरमेन्ट चार्जमा १७०.५२ प्रतिशतले बृद्धि भई १३ करोड २४ लाख पुगेको छ।
डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा ४१ करोड ९ लाख रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २१७.६२ रुपैयाँमा छ।















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया