SHAREHUB SHAREHUB

पञ्चकन्या स्टिलले पायो ग्रिनप्रो प्रमाणपत्र

Advertisement Ads
पञ्चकन्या स्टिलले पायो ग्रिनप्रो प्रमाणपत्र
Advertisement Ads

पञ्चकन्या ग्रुपको सिस्टर कन्सर्न उद्योग पञ्चकन्या स्टिलको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ का लागि सीआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ ।

असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरे ।

पञ्चकन्या स्टिलको टिएमटी रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि समेत भएको कम्पनीको भनाइ छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआइ) – सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिने जनाइएको छ भने यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

f0e2414d 503e 491f b50d 3620380eae55 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%97 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स