नेपाल लाइफ इन्स्याेरेन्सले आफ्ना सेयरधनीलाई २१.५ प्रतिशत लाभांश दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २० गते
नेपाल लाइफ इन्स्याेरेन्सले आफ्ना सेयरधनीलाई २१.५ प्रतिशत लाभांश दिने
AdvertisementAds

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएको छ। कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ६९ लाख ६६ हजार ५५४ रुपैयाँको २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांशमा १.०५ प्रतिशत बराबर कर प्रयोजनमा जाने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्र सेयरधनीमा वितरण हुनेछ। यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

#BajarkoChirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स