सांघाई लन्च अटोमोटिभको सहायक कम्पनी एलएस अटोले तयार गरेको पहिलो विद्युतीय गाडी ‘एलइभी-०१’ नेपाली बजारमा भित्र्याएको छ। यसलाई नेपाली बजारमा नेक्सन भेन्चर्स प्रालिले भित्राएको हो।
एलइभी-०१ दुई भेरियन्टमा उपलब्ध छ—एसई र सीई. एसई भेरियन्टको मूल्य ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने सीई भेरियन्टको मूल्य ७१ लाख ९० हजार रुपैयाँ छ।
गाडीमा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। दुबै भेरियन्टमा ९९ किलोवाटको मोटर समावेश गरिएको छ। यसलाई गाडीलाई डीसी फास्ट चार्जरमार्फत ३५ मिनेटभित्रै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। गाडीको ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको छ।
गाडीमा पानारोमिक मुनरुफ,३६० डिग्री क्यामेरा, टचस्क्रिन डिस्प्ले, हिल होल्ड असिस्ट लगायतका सुविधाहरू पनि उपलब्ध छन्।















![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया