नेपाललाई विकासशील मुलुकमा रूपान्तरण गर्न, स्टार्टअपको विकास आवश्यक

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३ गते
नेपाललाई विकासशील मुलुकमा रूपान्तरण गर्न, स्टार्टअपको विकास आवश्यक

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरण गर्न स्टार्टअप उद्यमको विकास अपरिहार्य रहेको बताएका छन्। महासङ्घद्वारा आयोजित एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा सोमबार बोल्दै अध्यक्ष ढकालले साना, मझौला उद्यम र नयाँ सोचका स्टार्टअपमार्फत विश्व प्रतिस्पर्धामा अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले वर्तमान उद्योग व्यवसायलाई नयाँ सोच र प्रविधिमार्फत विस्तार गर्न सकेमा अर्थतन्त्रमा नयाँ अवसर सिर्जना हुने, लागत घट्ने र उद्यमीहरूलाई आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गरे। अध्यक्ष ढकालका अनुसार महासङ्घले “स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरी इनोभेटिभ स्टार्टअपको प्रवर्द्धन, नीतिगत व्यवस्था, र लगानी अवसरको विकासमा सहकार्य गर्दै आएको छ। साथै, लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रमा काम गरिरहेको र निर्यात प्रवर्द्धन समितिले अन्तर्राष्ट्रिय बजार खोज्ने प्रयास गरिरहेको जानकारी दिए।

उनले व्यवसायमैत्री कर प्रणालीको खाँचो औंल्याउँदै पारदर्शिता, सरल आयात-निर्यात प्रक्रिया, र अनधिकृत आयात रोक्न जरुरी रहेको बताए। साथै, सरकारले नीतिगत स्थिरता र प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी सुशासनमा सुधार गरेर युवालाई उद्यमशीलतामा आकर्षित गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष ढकालले नयाँ सोचका साथ व्यवसाय विस्तार गर्नसके अर्थतन्त्रमा ठूला फड्को मार्न सकिने विश्वास व्यक्त गर्दै इनोभेसनले मुलुकको समग्र आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने धारणा राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स