नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्न विश्व समुदायलाई ढकालको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ८ गते
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्न विश्व समुदायलाई ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन्।

विभिन्न फोरम र अधिकारीहरूसँगको भेटमा उनले नेपालमा लगानीमैत्री वातावरण बनेको र वैदेशिक लगानीका लागि आवश्यक कानुनी संशोधन भएको जानकारी दिए।

ढकालले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का अधिकारीहरूसँग नेपालको निजी क्षेत्र सबलीकरण र जलविद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका अवसरहरूबारे छलफल गरे।

साथै, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका अधिकारीहरूसँग नेपालको पर्यटन र पूर्वाधार निर्माणमा लगानी अभिवृद्धिका सम्भावनाहरूमा पनि चर्चा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स