instainsta

नेपालकी पहिलो परालिम्पिक पदक विजेता पलेशा गोवर्धनको भव्य स्वागत

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १९ गते
नेपालकी पहिलो परालिम्पिक पदक विजेता पलेशा गोवर्धनको भव्य स्वागत
AdvertisementAds

परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो। पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याएर स्वागत गरिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स