नेपालका दिपेन्द्र सिंह ऐरी, एसोसिएट राष्ट्रमध्यका शीर्ष अलराउन्डर

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १९ गते
नेपालका दिपेन्द्र सिंह ऐरी, एसोसिएट राष्ट्रमध्यका शीर्ष अलराउन्डर

नेपाली क्रिकेट टिमका भरपर्दा अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसी टी-२० वरियतामा एसोसिएट राष्ट्रहरूका अलराउन्डरतर्फ शीर्ष स्थानमा रहेका छन् भने समग्र टी-२० वरियतामा अलराउन्डरतर्फ ८ औँ स्थानमा छन।
आइसीसीले आज (बुधबार) सार्बजनिक गरेको वरियतामा ऐरीको स्थानमा कुनै परिवर्तन भएको छैन।

उनको स्थानमा टी-२० वरियतामा ब्याटिङ तर्फ ४६ स्थानमा रहेका छन भने बलिङ तर्फ ९७ औँ स्थानमा रहेको छन्। उनले आईसीसी टी-२० अलराउन्डर वरियतामा छोटो समयमा १४ औँ स्थान बाट सातौं स्थानमा आएका छन्।

बुधबार आइसिसीले जारी गरेको आईसीसी टी-२० अलराउन्डर वरियताको शीर्ष स्थानमा भारतका हार्दिक पण्ड्या, दोश्रोमा श्रीलंकाका वारिन्दु हासरंग, तेश्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिश, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा पाँचौं स्थानमा बंगलादेशका शकिल अल हसन, छैटौं स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने दीपेन्द्र पछाडी आठौ स्थानमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन, नवौं स्थानमा दक्षिण अफ्रिकाका एडेन मक्रम र दशौं स्थानमा इंग्ल्यान्डका मोइन अली समावेश भएका छन्।

आईसीसीले आज टि२० विश्वकप पछि नयाँ वरियता सार्वजनिक गरेको हो। जसमा नेपाली खेलाडीहरुको कुनै श्रेणी परिवर्तन भएको छैन।

#BajarkoChirfar  #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स