insta insta

निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’का दृश्यहरू लिक गर्नेहरूलाई चेतावनी दिए

निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’का दृश्यहरू लिक गर्नेहरूलाई चेतावनी दिए
Advertisement Ads

चलचित्र निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’का महत्वपूर्ण दृश्यहरू सामाजिक संजालमा छ्यापिएका कारण नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

सोमबार उनले साइबर ब्युरोमा उजुरी दिएपछि आफ्नो सामाजिक संजालमा एक स्टाटस पनि साझा गरेका छन्। स्टाटसमा उनले भनेका छन्, “यदि तपाईंले हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा हाल्नुभएको छ भने तपाईंको खाता बन्द हुनेछ। बौद्धिक सम्पत्ति चोरी नगर्न सबैमा अनुरोध छ। कानूनी प्रक्रिया अगाडि बढिसकेको छ, सबैलाई जानकारी दिन चाहन्छु।”

पाइरेसीलाई अपराध मान्दै उनले साइबर ब्युरोलाई धन्यवाद पनि दिएका छन्।

‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको अवसरमा असोज १७ गते रिलिज भएको यो चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ। यो चलचित्रले गीत दिनमा २ करोड २५ लाखको ग्रस कलेक्सन गरिसकेको छ र अहिले पनि हलहरूमा सुखद अकुपेन्सीसहित प्रर्दशन भइरहेको छ।

Screenshot 2024 10 07 162526 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%b2-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a5%87%e0%a4%b9%e0%a5%81%e0%a4%b2%e0%a5%80 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स