नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर गत असार १० गतेदेखि लिलामी मार्फत बिक्रीमा राखेको थियो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट लिलामी आवेदन पेश गर्न सक्नेछन।
#BajarkoChirfar #bazarkochirfar








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया