नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २८ गते
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिए । ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि सडक महोेत्सवको आयोजना गरिएको उनको भनाइ छ । संयोजक राजभण्डारीले चैत ३० गते शुक्रबार साँझ पर्यटनमन्त्रीसहित विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको उपस्थितिमा ठमेल सडक महोत्सव गर्न लागिएको बताए  ।

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभरि कार्यक्रम हुने भएकाले मान्छेको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने भन्दै बाहिरबाट यहाँ भित्रिने सवारी साधनले वैकल्पिक बाटो प्रयोग गर्नसमेत परिषद्ले आग्रह गरेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स