नबिल बैंकले असोजमा ब्याजदर घटाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
नबिल बैंकले असोजमा ब्याजदर घटाउँदै
AdvertisementAds

नबिल बैंकले असोज १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाएको छ। यसअघि असारदेखि स्थिर रहेको ब्याजदरलाई परिवर्तन गर्दै बैंकले असोजमा नयाँ दर सार्वजनिक गरेको हो।

असोजमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.७५ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत, र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि भदौमा, व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत, र रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर लागू गरिएको थियो।

साधारण बचत खातामा पनि केही परिवर्तन गरिएको छ। बैंकले असोजमा सबै खाताहरूमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ, जुन भदौमा ३ प्रतिशतमा सीमित थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स