काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने सडक फेरि १५ दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक २३ गतेदेखि सडक बन्द गरिने जानकारी दिएको हो।
धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्रे गर्ने काम जारी भएकाले यसअघि कात्तिक ४ गतेदेखि पनि यो सडक बन्द गरिएको थियो।
धादिङ जिल्ला प्रशासन कार्यालयले कात्तिक २१ गते जारी गरेको सूचनामा कात्तिक २३ देखि १५ दिनसम्म धार्के–सितापाइला सडक बन्द गरिने जनाएको छ।
यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी र हलुका (चारपांग्रे) सवारी साधनबाहेक अन्य सबै प्रकारका सवारी साधनहरू पूर्ण रूपमा रोक्ने व्यवस्था गरिएको छ।
यात्रुहरूको लागि गल्छी–विदुर–छहरे–टोखा वा धार्के–नौबिसे–नागढुंगा सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया