दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आज मंसिर ६ गते बिहीबार प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।  यी दुवै बैंकले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन् । मंसिर ८ गते शनिबार र मंसिर ७ गते शुक्रबार परेको हुँदा सेयर बजार बन्द हुन्छ । तसर्थ, आज मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा–पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
प्राइम कमर्सियल बैंक ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभ आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स