निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो नयाँ फिल्म ‘छक्का पन्जा ५’ को प्रमोसनका क्रममा अप्रत्याशित चुनौतीहरूको सामना गरिरहेका छन्। असोज २४ मा रिलिज हुने तयारीमा रहेको यो फिल्मको प्रमोसनमा अन्य दुई प्रतिस्पर्धी फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ को प्रचारले ध्यान खिचिरहेका बेला, दीपकराजले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “राजनीतिमा साइबर सेना त सुनेकै हो, अब चलचित्र क्षेत्रमा पनि आएछ। तर, ती सेनाका सेनापतिले आफ्ना सेनालाई अरूलाई गाली गर्नु भन्दा आफ्नै प्रचार मात्रै गर्न लगाए हुने।” यो टिप्पणीले अन्य फिल्म निर्माताहरूलाई आक्रमणकारी प्रवृत्तिको आरोप लगाएको देखिन्छ।
दीपकराजको भनाइ हेर्दा, ‘छक्का पन्जा ५’ को प्रमोसन पोस्टमा प्रतिस्पर्धी फिल्महरूको प्रशंसा गर्ने कमेन्टहरू देखापरेका छन्, जसले उनको फिल्मको प्रचारलाई ओझेलमा पार्ने प्रयास भइरहेको संकेत दिन्छ। उनले ‘साइबर सेना’ भनेर चिनिएका व्यक्तिहरूले उनको फिल्मलाई लक्षित गर्दै नकारात्मक प्रतिक्रिया फैलाउने काम गरिरहेको आरोप लगाएका छन्।
अब यो साइबर आक्रमणले दीपकराज गिरीको फिल्मको सफलतामा कस्तो प्रभाव पार्ने हो, त्यो हेर्न बाँकी छ ।



















प्रतिकृया