अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीचको साझेदारीको करिब २ महिनापछि अन्नपूर्ण स्क्वायर होटेलको शिलान्यास गरिएको छ। सोमबार होटलको शिलान्यास अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले गरे।
२५ तलाको संरचनासहित ९ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो होटलमा ३५० कोठा र ४० कोठा अपार्टमेन्ट हुनेछ। होटल परिसरमा एक बिजनेस कम्प्लेक्स पनि निर्माण गरिने छ।
होटेल निर्माणमा लगभग साढे ६ अर्ब खर्च हुने अनुमान गरिएको छ, र २०८५ देखि यो होटेल सञ्चालनमा आउने तयारी छ। दरबारमार्गको पुरानो ५ तारे होटल डेल’ अन्नपूर्णलाई भत्काएर नयाँ संरचना निर्माण गरिने छ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठले होटलको बहुमत सेयर खरिद गरेपछि यसलाई अन्नपूर्ण स्क्वायर नाममा पुनः ब्राण्डिङ गरेर भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकमसँग साझेदारी गरिएको हो।
गुरुङले यो होटललाई दक्षिण एसियाकै उत्कृष्ट लक्जरी होटल बनाउने उद्देश्य राखेका छन् र नेपालको आतिथ्यतामा नयाँ मापदण्ड स्थापित गर्ने बताएका छन्। शिलान्यास कार्यक्रममा कांग्रेस नेता उमेश श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठ लगायत व्यवसायीहरू सहभागी थिए।
होटल निर्माणमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया