त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो सारिने, लागत कति लाग्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो सारिने, लागत कति लाग्छ ?

त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ। सिनामंगल स्थित पुरानो डिपोले स्थानीय बासिन्दा र हवाई उड्डयन क्षेत्रलाई जोखिममा पारेको कारण नयाँ डिपो स्थानान्तरण गर्न लागिएको हो। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एक वर्षभित्र डिपो सुरक्षित स्थानमा सार्न निर्देशन दिएको थियो।

नयाँ डिपो विमानस्थलको उत्तरतर्फ, नेपाली सेनाको गल्फ कोर्स नजिकै, गुह्येश्वरीमा ५० रोपनी जग्गामा बन्नेछ। नागरिक उड्डयन प्राधिकरणसँग सम्झौताअनुसार, नयाँ डिपोमा ३ हजार किलोलिटर क्षमताका पाँचवटा भण्डारण ट्यांकी राखिनेछ।

सिनामंगलमा रहेको ५० वर्ष पुरानो डिपोको भण्डारण क्षमता ७,६६० किलोलिटर हो, जसबाट दैनिक ४०० किलोलिटर इन्धन बिक्री हुँदै आएको छ। नयाँ डिपो निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्नेछ, र कन्सल्टेन्सी सेवाको साथमा एक करोड ९८ लाख रुपैयाँको सम्झौता भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स