त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आवागमन सुरक्षा सुनिश्चित गर्न चङ्गा, ड्रोन, र बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ।
विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै यस्ता गतिविधिहरूले विमानको उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै यी कार्य नगर्न आग्रह गरेको छ।
सूचनामा उल्लङ्घन वा अटेर गरी यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।


प्रतिकृया