तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७२.८२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।
चालु त्रैमासमा कम्पनीले ८ करोड २७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ, जबकि अघिल्लो वर्ष यो ७ करोड रुपैयाँ थियो। साथै, वित्तीय खर्च पनि २ करोड ७३ लाख रुपैयाँबाट घटेर २ करोड १२ लाख रुपैयाँमा झरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ। तर, जगेडा कोष १३ करोड रुपैयाँले ऋणात्मक देखिएको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ४६ रुपैयाँ ३ पैसा पुगेको छ, यस्तै प्रतिसेयर नेटवर्थ ६७.३९ रुपैयाँ रहेको छ।



















प्रतिकृया