संस्कृति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको छ। मंगलबार जारी गरिएको विज्ञप्तिमा विभागले चार तारे, पाँच तारे, र पाँच तारे डिलक्स स्तरका सबै रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलहरूको प्रयोगमा रोक लगाइएको जानकारी दिएको छ।
तारे स्तरमा वर्गीकृत र इजाजत प्राप्त गरिएका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलको प्रयोग भइरहेको छ भन्ने जानकारी प्राप्त भएको छ। यसैले तत्कालका लागि कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल र रिसोर्टहरूमा खानेपानीको लागि प्रयोग हुने प्लास्टिकजन्य बोटलमा रोक लगाइएको छ।
प्लास्टिकजन्य बोटलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छ। यसैले, काँचका बोटल र अन्य धातुका भाँडाहरूको प्रयोग गरेर होटलका कोठा र रेष्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया