SHAREHUBSHAREHUB

टिकटकको मुख्यालयका ६० कर्मचारीलाई फुड प्वाइजन

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १६ गते
AdvertisementAds
टिकटकको मुख्यालयका ६० कर्मचारीलाई फुड प्वाइजन
AdvertisementAds

टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता ( फुड प्वाइजन) का कारण बिरामी परेका छन् ।

मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा ​​पेटसम्बन्धी समस्या देखिएको छ, जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको । बाइट डान्स कम्पनीले पनि कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

बाइट डान्सको कार्यालयमा तेस्रो पक्षले खाना आपूर्ति गर्ने स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । स्थानीय मिडियाका अनुसार घाइतेहरुको उपचारका लागि १७ एम्बुलेन्स पठाइएको थियो ।

बाइटका प्रवक्ताले कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गर्दै प्रभावित कर्मचारीको सहयोग गर्न तत्काल कदम चालेको बताएका छन् । उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताएका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स