नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टाटा पन्च ईभी सार्वजनिक गरेको छ। यस विद्युतीय गाडीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
पन्च ईभीका विभिन्न भेरियन्टहरू बजारमा उपलब्ध छन्, जसमा एस एमआर भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, एलआर भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ, र एस एलआर भेरियन्टको ३८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।टाटाले पन्च ईभी आफ्नो डेडिकेटेड ईभी प्लेटफर्म ‘एक्ट ईभी’मा निर्माण गरेको हो। यस गाडीको पर्फरमेन्स निकै उत्कृष्ट रहने कम्पनीको दाबी छ।
नेपालमा करिब एक महिना अगाडि भित्रिएको यस गाडीको मूल्य यसअघि सार्वजनिक गरिएको थिएन।




















प्रतिकृया