छिमेक लघुवित्तद्वारा वर्षौ पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २४ गते
छिमेक लघुवित्तद्वारा वर्षौ पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह

छिमेक लघुवित्तले १० वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीहरुले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७७/७८ सम्मको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी लाभांश बुझ्न आग्रह गरेको हो ।

यसको लागि लघुवित्तको प्रधान कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध गरेको हो ।

साथै, तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स