चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो ।
२०८०\८१ को पहिलो त्रैमासको तुलनामा अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गिकरणहरुमध्ये दोस्रो त्रैमासमा १७ वटाको मूल्य अभिवृद्धि घनात्मक रहेको छ । व्यापार क्षेत्रमा झिनो वृद्धि तथा उद्योगबाहेक अन्य क्षेत्रमा समेत सकारात्मक वृद्धि भएको कार्यालयले जनाएको छ ।
दोस्रो त्रैमासमा धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनको वृद्धिले मुलुकमा आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिले समग्र अर्थतन्त्रमा पनि योगदान गरेको छ ।

















![सेयर बजारबाट कमाउनेहरुले के अध्ययन गर्दा रहेछन् ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/Jzw55ckFD2E-maxresdefault-150x150.jpg)

प्रतिकृया