सिटी वालेट प्रा.लि.ले दशैं, तिहार र छठ पर्वको अवसरमा ग्राहकहरूलाई लक्षित गर्दै विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ। नेपालमा सबैभन्दा नयाँ डिजिटल वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले रेमिट भुक्तानी प्रक्रियालाई थप प्रोत्साहित गर्न यो अफर ल्याएको हो।
यस अफर अन्तर्गत, ग्राहकहरूले रु ५,००० भन्दा बढीको रेमिट भुक्तानी गर्दा “CITYPAY” प्रोमो कोड प्रयोग गरेर रु २०० बराबरको बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन्। साथै, हरेक दिन पहिलो १८ जना ग्राहकहरूले रेमिट भुक्तानीमा अतिरिक्त रु ५०० सम्मको बोनस पाउनेछन्, जसले गर्दा कुल रु ७०० सम्मको क्यासब्याकको फाइदा लिन सकिन्छ। विदेशमा रहेका सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीहरूबाट सिधै वालेटमा रकम लोड गर्ने ग्राहकहरूले पनि यो अफरको फाइदा उठाउन सक्नेछन्।
यसका साथै, आन्तरिक उडान बुकिङमा पनि क्यासब्याकको व्यवस्था गरिएको छ। सिटीपे एपमार्फत उडान बुक गर्दा “FLIGHT200” प्रोमो कोड प्रयोग गरेर रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सकिनेछ।
सिटी वालेटका प्रमुख व्यवसायिक अधिकृत प्रकाश चालिसेले भने, “चाडपर्वको अवसरमा ग्राहकहरूलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्न हामी सधैं प्रतिबद्ध छौं। दशैं, तिहार र छठ पर्वका लागि ल्याइएका क्यासब्याक अफरमार्फत ग्राहकहरूको खुशीलाई अझ बढाउन पाउँदा हामी निकै उत्साहित छौं।”
यो अफरको फाइदा लिनका लागि, ग्राहकहरूले सिटीपे https://onelink.to/6c5dbt मा गई आफ्नो सिटीपे वालेट दर्ता गरी रेमिट भुक्तानी प्रक्रिया पूरा गर्न सक्दछन्। सिटीपे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर, कुमारी रेमिट, नविल रेमिट, सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिट लगायतका सेवा प्रयोग गरी रेमिट भुक्तानी गर्न सकिन्छ। यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया